१० साउन २०८३, आइतबार

सारुकका पिता सानु ताम्राकारको निधन

भदौ ९, २०८०
काठमाडौं
सारुकका पिता सानु ताम्राकारको निधन

दिवंगत अभिनेता सारुक ताम्राकारका पिता कलाकार सानु ताम्राकारको निधन भएको छ ।

७४ वर्षीय उनको केही सातायता नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । उनको शनिवार दिउँसो ३ः२० बजे निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले लोकान्तरलाई जानकारी दिए । 

सानु मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिए । सारुकले असार २१ गते आत्महत्या गरेसँगै उनी थप कमजोर बनेका थिए । उनलाई साउनको दोस्रो हप्ता नर्भिक अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो । 

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आइतवार बिहान पशुपति आर्यघाटमा राखिने कलाकार संघका अध्यक्ष निरौलाले जानकारी दिए । 

कलाकार सानु ताम्राकारले थुप्रै फिल्म एवं सिरियलहरुमा काम गरेका छन् । उनकै पथ पछ्याउँदै छोरा सारुक अभिनयमा लागेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्