×

सुदूरपश्चिमा गौराको रौनक, देउडा भाकाले गुञ्जिए बस्ती

काठमाडाैं | भदौ ९, २०८०

दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्चिमको दार्चुलासम्म देउडा खेलले माहोल रोमाञ्चक बनेको छ । अहिले सुदूरपश्चिमवासी देउडामा रमाएका छन् ।

देउडा डोट्याली लोकसाहित्यको एक प्रमुख विधा हो । यो विधा लोकगीतसँग सम्बन्ध राख्दछ । देउडा गायन र खेल दुवैरूपमा प्रस्तुत हुने गर्दछ । देउडा खेल्दा गोलो घेरामा एकापसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ । पाइतालाको चालकै आधारमा डेढ पाइला अगाडि र डेढ पाइला पछाडि चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको जानकार बताउँछन् । 


Advertisment

‘देउडा खेल्दा डेढ पाइला अगाडि र पछाडि सर्ने भएकाले देउडा भनिएको हो,’ साहित्यकार कविराज भट्टले भने, ‘देउडा लोकवार्ता र लोकनृत्य पनि हो ।’ यो सुदूरपश्चिमको  ऐतिहासिक, धार्मिक महत्व र पहिचान पनि भएकाले यसको निरन्तरता आवश्यक रहेको उनले बताए । देउडामा देवगाथालाई मनोरञ्जनात्मकरूपमा प्रस्तुत गरिन्छ ।


Advertisment

‘देउडा खेलमा दुई वा दुईभन्दा बढी डेउडियाबीच दोहोरी हुने गर्दछ,’ भट्टले भने, ‘यसमा एउटाले प्रश्न सोध्ने र अर्काले त्यसको तत्काल प्रतिउत्तर दिनुपर्ने हुन्छ ।’ देउडामा पुराण, इतिहास, राजनीतिलगायत ज्ञानगुनका विविध विषयवस्तुमा आधारित प्रश्न सोधिने गर्दछन् भने कतै व्यङ्ग्यको पनि प्रस्तुति हुने सुदूरपश्चिम प्रगतिशील लेखक सङ्घका अध्यक्ष रमेश पन्त मीतबन्धु बताउँछन् । ‘देउडामा समाजका राम्रा–नराम्रा पक्ष र समसामयिक घटना उठानका साथै मायाप्रेमका कुरा पनि आउने गर्दछन्,’ उनले भने, ‘यो विशेषगरी गौरा तथा मेला पर्वमा खेल्ने गरिन्छ ।’

देउडा खेल्नका लागि कुनै विशेष पर्व नै हुनुपर्छ भन्ने नभएको उनले बताए । ‘सुदूरपश्चिममा पहिले–पहिले मनोरञ्जनका लागि विवाह, व्रतबन्ध र अन्य चाडवाडमा पनि खेल्दै आएको पाइन्छ,’ उनले भने, ‘गौरा पर्वका अवसरमा भने देउडा बढी मात्रामा खेल्ने गरिन्छ ।’ देउडा महिला तथा पुरुषका छुट्टाछुट्टै र कतै मिश्रितरूपमा पनि हुने गरेको पाइन्छ । देउडामा सुखदुःख, मायाप्रेम, हास्यव्यङ्ग्यका साथै विविध ज्ञानगुन र अर्ति–उपदेशका प्रश्न–उत्तरमा आधारित गीत प्रस्तुत गर्ने राजमति जाग्री बताउँछिन् ।

‘माया पिरतीका कुरा देवी–देवताका कुराकानी गीतमार्फत गर्ने गर्छौं,’ उनले भनिन्, ‘देउडामार्फत हुने सवाल–जवाफ रोचक हुने र साथीभाइको भेटघाट हुने माध्यम पनि बनेको छ ।’ प्रविधिको विकाससँगै डोट्याली लोकगीतको विकास हुने क्रममा विभिन्न बाजागाजासहित देउडा गीत रेकर्ड हुने क्रम पनि बढ्दै गएको पाइन्छ । यसरी गीतमात्रै गाउनु डेउडा गीत हो भने गायनसँगै खेल्नु देउडा खेल हो ।

गौराका अवसरमा गाउँबाट बजारसम्मका महिला–पुरुष देउडामा रम्न थालेका छन् । महेन्द्रनगर बजार क्षेत्रमा मात्रै एक दर्जन बढी थलोमा देउडा खेल सुरु भएको छ । केही थलोमा विभिन्न सङ्घसंस्थाले अगुवाइ गरेका छन् । ग्वाल्लेक नागार्जुन समाज महेन्द्रनगरले शीवधामस्थित संस्कृति संरक्षणका लागि देउडा कार्यक्रम आयोजना गरेको छ । समाजले देउडा, ठाडो खेल आयोजना गरेको हो ।

गौरापर्वमा गौराको महत्व छुट्टै भए पनि प्रमुख आकर्षण नै देउडा भएकाले युवायुवतीसमेत देउडामा झुम्ने गरेको पाइन्छ । गौरा पर्वका अवसरमा सुदूरपश्चिममा महिनौसम्म देउडा खेलिन्छ । देउडा गीत एक प्रकारको भाका हो, यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ । देउडामा भेदभाव पनि हुँदैन यो खेल नारी–पुुरुष, युवा–पाका सबै पुुस्ताले खेल्न पाउँछन्, यसमा जातीय विभेद पनि हुँदैन । पछिल्लो समय यसको महत्व अझ बढेको पाइन्छ ।

त्यसैगरी गौरापर्वकै अवसरमा ढुस्को धुमारीलगायतका खेल पनि खेलिन्छन् । ‘यी जति पनि खेल खेलिन्छन्, सबैमा देवी–देवताको गाथा मनोरञ्जनात्कमरूपमा गाइन्छ,’ स्थानीय विश्राम भट्टले भने, ‘ठाडो खेलमा मादलको तालसँगै पैतला मिलाउँदै देवी–देवताको गाथा मनोरञ्जनात्मकरूपमा गाइन्छ ।’

देउडामा सुदूरपश्चिमको इतिहास, संस्कृति र साहित्य छ । अहिले मनोरञ्जनका रूपमा मात्रै देउडा खेलिन्छ तर देउडा इतिहास र संस्कृतिसँग जोडिएकाले अहिलेका पुस्ताले यसको महत्व बुझ्न जरुरी छ । –रासस 

भदौ ९, २०८०

धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...

मंसिर २०, २०८०

बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा ला...

असार १३, २०८१

 राष्ट्रिय परीक्षा बोर्डले बिहीबार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न लागेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले आज नतिजा सार्वजनिक गर्न लागिएको जानकारी दिए ।   बोर्डले बुधबार ...

भदौ ६, २०८०

केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...

असोज ३०, २०८०

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलवार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन् ।  मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजा आराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय...

असोज २९, २०८०

बागलुङ नगरपालिका ५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो ।​ चर्खे पिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खे पिङ हालि...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x