
हाल सप्तकोशी, सुनकोशी, दुधकोशी र अरुण नदीको जलसतह सतर्कता तह आसपास रहेको छ । यी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार अन्य प्रमुख र सहायक नदीहरूको बहाब भने घट्ने बाढी पूर्वानुमान छ । यी नदीका तटीय क्षेत्रमा पनि सामान्य सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ ।
आज (आइतवार) ताप्लेजुङ, पाँचथर, तेहथुम, संखुवासभा, बोखलढुङ्गा, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, काभ्रेपलान्चोक, रसुवा, धादिङ, नुवाकोट, गोरखा, कास्की, पर्वत, लमजुङ, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, अछाम, बाजुरा, बझाङ र आसपास भई बहने केही स- साना नदीहरूमा बहाब बढ्न सक्ने पूर्वानुमान छ ।