२४ जेठ २०८३, आइतबार

यस्तो छ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौंमा सरकारले बनाइदिएको क्वार्टर

भदौ १०, २०८०
काठमाडौं
यस्तो छ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौंमा सरकारले बनाइदिएको क्वार्टर

​​सरकारले ७ वटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई संघीय राजधानीमा सरकारी निवासको व्यवस्था गरिदिएको छ ।

ललितपुरको भैँसेपाटीमा निर्माण भएका सरकारी आवास आइतवार सम्बन्धित प्रदेशका प्रमुखलाई हस्तान्तरण गरिएको हो । 

आइतवार आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुर महानगरपालिका सैंवुस्थित सम्पर्क कार्यालय र निवास हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख तथा मुख्य मन्त्रीको निवास अवलोकन गरेका थिए ।

सातवटै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीले साँचो बुझेका छन् ।

उनीहरू काठमाडौं आएको समयमा अब सरकारी आवासमा बस्नेछन् ।

एकै खलका यी सरकारी क्वार्टर सुविधासम्पन्न बनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्