२७ असार २०८३, शनिबार

भक्तपुर–कंलकी रुटमा चल्ने सवारीसाधनमा पाकेट मार्ने ५ जना पक्राउ, २ को साथमा नगद

भदौ ११, २०८०
काठमाडौं
भक्तपुर–कंलकी रुटमा चल्ने सवारीसाधनमा पाकेट मार्ने ५ जना पक्राउ, २ को साथमा नगद

भक्तपुर–कंलकी रुटमा चल्ने सवारीसाधनमा पाकेट मारेको आरोपमा नेपाल प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

शनिवार बिहान ६ः१५ बजेको समयमा बल्खुस्थित सडकखण्डमा बा३ख २४४४ नम्बरको क्षेत्रिय यातायातमा पाकेट मारेको ओरापमा उनीहरू पक्राउ परेका हुन् ।

भक्तपुरदेखि कलंकीसम्म चल्ने उक्त बसमा रौतहट घर भइ हाल जडिबुटी बस्ने ३५ वर्षीय इनरजित साह र २५ वर्षका शिवपुजन साहलगायतलाई पक्राउ परेको प्रहरीले जनाएको छ ।

इनरजितको साथबाट १५ हजार तथा शिवपुजनको साथबाट १० हजार रुपैयाँ पाकेट मोरको पैसा पाइएको प्रहरीको दाबी छ ।

घटनाको खबर पाउनासाथ प्रहरी बित्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गरी पाकेटमारीमा संलग्न ५ जनालाई रकमसहित नियन्त्रण लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्