१० साउन २०८३, आइतबार

मनोहरा क्षेत्रका सुँगुर–बंगुर फर्म हटाउन ३५ दिने अल्टिमेटम

भदौ ११, २०८०
काठमाडौं
मनोहरा क्षेत्रका सुँगुर–बंगुर फर्म हटाउन ३५ दिने अल्टिमेटम

कागेश्वरी मनोहरा नगरपालिका– ५ को मनोहरा खोला क्षेत्रमा रहेका सुँगुर, बंगुर तथा अन्य पशुपालन हटाइने भएको छ ।

सो क्षेत्रमा अव्यवस्थित रुपमा सुँगुर, बंगुर तथा अन्य पशुपालन गरेको भन्दै कागेश्वरी मनोहरा नपाको वडा नम्बर ५ कार्यालयले हटाउने उर्दी जारी गरेको छ । 

वडा कार्यालयले आज एक सूचना जारी गर्दै व्यवसायीहरूमा ३५ दिनभित्र पशुपालन व्यवसाय हटाइ सम्बन्धित वडा तथा नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

नहटाए वडा कार्यालय हटाउन बाध्य हुने सूचनामा उल्लेख छ ।  

साँझ र बिहान सुँगुर र बंगुरको दिसा–पिसाब दुर्गन्धले मूलपानी, थली हाइट, डाचीको बजारसम्म दुषित हावा फैलने गरेको वडा कार्यलयको भनाइ छ । 

अहिले स्थानीय जनता आजित भएर व्यवसाय हटाउन वडा गुहार्न बाध्य भएको बताइएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्