११ साउन २०८३, सोमबार

विवेकशील साझा बागमती प्रदेश अधिवेशनमा ‘नो भोट’को अभ्यास

भदौ ११, २०८०
काठमाडौं
विवेकशील साझा बागमती प्रदेश अधिवेशनमा ‘नो भोट’को अभ्यास

अजित खड्काको नेतृत्वमा १३ सदस्यीय प्रदेश समिति चयन गर्दै विवेकशील साझा पार्टीको बागमती प्रदेश अधिवेशन सकाएको छ ।
प्रदेश निर्वाचन आयोगका प्रमुख शंकर बञ्जाडेका अनुसार अध्यक्षमा खड्का, उपाध्यक्षमा डिजेन बस्नेत, सचिवमा शकिल अहमद र कोषाध्यक्षमा दिलकुमार केसी निर्वाचित भएका छन् ।

अधिवेशनले बागमती प्रदेश सदस्यमा प्रेमप्रसाद वस्ती, आशिष कार्की, पूर्णलाल श्रेष्ठ, वैकुण्ठ दाहाल, शारदालक्ष्मी प्रधान, मधुसुदन कार्की, नरेन्द्र श्रेष्ठ, अशोक अधिकारी र भूषणकुमार श्रेष्ठलाई चयन गरेको छ ।
प्रमुख बञ्जाडेका अनुसार निर्वाचनमा ’नो भोट’को पनि अभ्यास गरिएको थियो । नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण एवं पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको प्रदेश अधिवेशन आयोजक समितिका संयोजक सुरज प्रधानले  जानकारी दिए ।

विवेकशील साझा पार्टीको दोस्रोे प्रादेशिक अधिवेशन कोशी प्रदेशमा हुने तय भएको छ । यही असोज दोस्रो साता कोशी प्रदेश अधिवेशन गर्न लागिएको प्रदेश अधिवेशन आयोजक समितिका संयोजक सुदन श्रेष्ठले जानकारी दिए ।

रवीन्द्र मिश्रले पार्टी छोडेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा गएपछि अहिले केन्द्रीय नेतृत्वमा समीक्षा बाँस्कोटा छिन् । 

salt training

कमेन्ट गर्नुहोस्