२५ जेठ २०८३, सोमबार

समाजवादी मोर्चाले बुटवलमा सभा गर्दै, प्रचण्ड-माधवसहित शीर्ष नेताले सम्बोधन गर्ने

भदौ १२, २०८०
बुटवल
समाजवादी मोर्चाले बुटवलमा सभा गर्दै, प्रचण्ड-माधवसहित शीर्ष नेताले सम्बोधन गर्ने

समाजवादी मोर्चाले आज (मंगलवार) बुटवलमा सभा गर्ने भएको छ । आज हुने सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरू बुटवल आउँदैछन् । 

बुटवल रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हुने सभालाई सम्बोधन गर्न प्रचण्डसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव आउने कार्यक्रम छ । 

सभामा लुम्बिनी प्रदेशबाट मोर्चामा आवद्ध पार्टीका अगुवा कार्यकर्ता सहभागी हुने जसपाका नेता मनिकर कार्कीले जानकारी दिए । 

देशको राजनीतिक अवस्था फेरिँदा विगतको आन्दोलनको उपलब्धिमाथि प्रहार हुने सम्भावना बढेकाले मोर्चाको आवश्यकता महसुस गरेर गठन गरेको बताएको छ ।  

कतिपय विषयमा मोर्चामा रहेका पार्टीका आफ्ना फरक मत रहे पनि देश र नागरिकका मुख्य विषयमा मोर्चा साझा धारणामा रहेको नेकपामा नेता बसन्त श्रेष्ठले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्