०६ साउन २०८३, बुधबार

सर्वसाधारणलाई राहत दिने भारत सरकारको प्रयास, खाना पकाउने ग्यासको मूल्यमा २०० कटौती

भदौ १२, २०८०
काठमाडौं
सर्वसाधारणलाई राहत दिने भारत सरकारको प्रयास, खाना पकाउने ग्यासको मूल्यमा २०० कटौती

नयाँ दिल्ली–भारतभरका सर्वसाधारण जनताका घरपरिवारलाई राहत दिने उद्देश्यले केन्द्र सरकारले खाना पकाउने ग्यासमा २०० भारतीय रुपैयाँ कटौती गर्ने घोषणा गरेको छ ।

केन्द्रीय मन्त्रिपरिषद्को निर्णयबारे पत्रकारहरूलाई जानकारी दिँदै सूचना तथा प्रसारणमन्त्री अनुरागसिंह ठाकुरले यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीले ओणम र रक्षाबन्धनमा देशका महिलाहरूलाई उपहार दिएको बताए । 

प्रधानमन्त्री मोदीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसेको हो । बुधबारबाट लागू हुने गरी १४.२ केजीको ग्यास सिलिण्डरको मूल्य देशभर २०० रुपैयाँले घट्ने भएको छ । उदाहरणका लागि दिल्लीमा यो निर्णयले १४।२ केजीको सिलिण्डरको मूल्य प्रतिसिलिण्डर एक हजार १०३ रूपैयाँबाट घटाएर ९०३ रूपैयाँमा झार्नेछ ।

यो कटौती उज्ज्वला परिवारलाई प्रति सिलिण्डर रु २०० को विद्यमान लक्षित अनुदानको अतिरिक्त हो, त्यसैले यो कटौतीपछि उज्ज्वला लाभग्राहीका लागि दिल्लीमा प्रभावकारी मूल्य ७०३ भारु हुनेछ ।

करिब ९.६ करोड उज्ज्वला लाभग्राहीसहित ३१ करोडभन्दा बढी घरेलु एलपीजी उपभोक्ताहरू छन् ।   अनुराग ठाकुरले भने, ‘वर्तमान सरकारले महिलाहरूको विकासको लागि धेरै योजनाहरू शुरू गरेको छ, जसमा पक्की घर, शौचालय, अतिरिक्त खाद्यान्न र प्रत्यक्ष लाभ स्थानान्तरण समावेश छ ।’

भारत आफ्नो प्राकृतिक ग्यासको आवश्यकताको ६० प्रतिशत आयातमा निर्भर छ । उज्ज्वलाको बाँकी आवेदनलाई स्वीकृत गर्न र सबै योग्य परिवारहरूलाई डिपोजिट–फ्री ग्यास सहयोग प्रदान गर्न, सरकारले चाँडै गरीब परिवारका ७५ लाख महिलाहरूलाई पीएमयूवाई कनेक्सन वितरण सुरु गर्ने बताएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्