२२ असार २०८३, सोमबार

आइएमएफ प्रमुख जर्जिएभा बुधबार चीन भ्रमणमा आउँदै

भदौ १२, २०८०
काठमाडौं
आइएमएफ प्रमुख जर्जिएभा बुधबार चीन भ्रमणमा आउँदै

बेइजिङ–अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का प्रमुख क्रिस्टालिना जर्जिएभाले एसियाका अन्य दुई देशमा निर्धारित भ्रमणको समय अगावै बुधबार चीन भ्रमण गर्ने भएका छन् । 

‘अगस्ट ३० देखि सेप्टेम्बर ३ सम्म प्रबन्ध निर्देशकले चीनको वरिष्ठ नेतृत्व टोलीसँग द्विपक्षीय छलफलका लागि चीन भ्रमण गर्नुहुनेछ,’ आइएमएफका प्रवक्ताले मङ्गलबार भने । 

यसै वर्षको सुरुमा बेइजिङ भ्रमणका क्रममा जर्जिभाले सन् २०२३ ‘अर्को चुनौतीपूर्ण वर्ष’ हुने र अनिश्चितता ‘असाधारण रूपमा उच्च’ रहेको बताएका थिए ।  

आइएमएफ प्रमुखले मार्चमा चीनका नीति निर्माताहरूलाई उत्पादकत्व बढाउन र अर्थव्यवस्थालाई लगानीबाट टाढा राख्न र अधिक टिकाउ उपभोग–आधारित वृद्धिको दिशामा पुनः सन्तुलित गर्न आग्रह गरेका थिए । 

आइएमएफले यस वर्ष चीनको कूल गार्हस्थ्य उत्पादनमा ५.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

गत महिना आइएमएफले पहिलो त्रैमासिकमा लचिलो सेवा क्षेत्रको गतिविधि र बलियो श्रम बजारका कारण यस वर्ष विश्वव्यापी वृद्धिका लागि आफ्नो दृष्टिकोणमा केही सुधार गरेको थियो ।

‘विश्वव्यापी अर्थतन्त्र महामारी र युक्रेनमा रूसको आक्रमणबाट बिस्तारै सुधार भइरहेको छ । आइएमएफका प्रमुख अर्थशास्त्री पियरे ओलिभर गौरिनचासले भने, ‘तर यो अझै पूर्ण निर्मूल भएको छैन ।’

चीनको भ्रमणपछि जर्जिएभा इन्डोनेसियाको राजधानी जकार्तामा सेप्टेम्बर ४ देखि ७ सम्म क्षेत्रीय समूह आसियानका नेताहरूको भेलाका लागि प्रस्थान गर्नेछन् ।

त्यसपछि उनी जी–२० शिखर सम्मेलनमा भाग लिन सेप्टेम्बर ८ देखि १० सम्म भारतको नयाँदिल्ली जानेछन् ।

salt training

कमेन्ट गर्नुहोस्