
राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा विभिन्न तहमा कर्मचारीहरुको बढुवा भएको छ ।
परिषद्को जेठ ७ गते बसेको बोर्ड बैठकको निर्णयअनुसार दरखास्त भर्ने कर्मचारीमध्येबाट तोकिएको मापदण्ड पुरा गरेर बढुवा गरिएको हो ।
जसअनुसार प्रशासकीय अधिकृत, लेखा अधिकृत, प्राविधिक अधिकृत, प्रशिक्षण सेवातर्फ, नायब सुब्बालगायतका पदमा बढुवा भएको बुधबार जारी सूचनामा उल्लेख छ ।
