
एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तान विरुद्धको पहिलो एकदिवशीय खेलको आधा पारी सकिँदा नेपालले सम्मानजनक प्रदर्शन गरेको छ । पाकिस्तानले २५ ओभरमा तीन विकेटको क्षतिमा ११६ रन बनाएको छ । नेपालले पाकिस्तानका दुई ब्याट्सम्यानलाई रन आउट गरेको छ ।
पाकिस्तानका ओपनर फखर जमान १४ रन, इमाम उल हकले ५ रन र मोहम्मद रिजवानले ४४ रन बनाएर आउट भएका छन् ।
कप्तान आजम ४७ रन र आघा सलमान ४ रन बनाएर खेलिरहेका छन् ।
२६ ओभर सम्म पाकिस्तानको स्कोर ३ विकेटको क्षतिमा १२० रन भएको छ ।
करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।