
एसिया कप क्रिकेटअन्तर्गत जारी खेलमा नेपालले पाकिस्तानविरुद्ध जवाफी ब्याटिङ शुरू गरेको छ ।
यसैबीच, नेपालले शुरुमै पहिलो विकेट गुमाएको छ । कुशल भुर्तेल लगातार २ चौका प्रहार गर्दै आउट भएका छन् ।
विश्वको नम्बर १ टोली पाकिस्तानले नेपाललाई ३४३ रनको विशाल लक्ष्य दिएको छ ।
एसिया कप अन्तर्गतको पहिलो खेलमा पाकिस्तानले निर्धारित ५० ओभरको खेल सकिँदा ६ विकेटको क्षतिमा ३४२ रन बनाएको हो ।
नेपालका लागि सोमपाल कामीले तथा र करण केसी र सन्दीप लामिछानेले १–१ विकेट लिएका छन् ।