२६ असार २०८३, शुक्रबार

मुख्यमन्त्री र मन्त्रीहरूबीचमा कार्ययोजना सम्पादन करार सम्झौता

भदौ १३, २०८०
मकवानपुर
मुख्यमन्त्री र मन्त्रीहरूबीचमा कार्ययोजना सम्पादन करार सम्झौता

 बागमती प्रदेशको काम कारबाही समयमा र योजनासहित सम्पन्न गराउनका लागि मुख्यमन्त्री र मन्त्रीहरूबीचमा कार्ययोजना सम्पादन करार सम्झौता सम्पन्न भएको छ । 

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै मन्त्रीहरूलाई करार सम्झौता गराएका हुन् । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशका मन्त्रीहरूलाई सम्झौतापत्र टेबलमा राखेर कार्यसम्पादन गर्न निर्देशन दिए । उनले उपलब्ध जनशक्तिबाट स्तरीय सेवा प्रवाह गर्न पनि सुझाए । 

उनले पुस महिनाभित्र हेटौँडा–काठमाडौँ जोड्ने सडकखण्ड भैँसे–भीमफेदी र फाखेल–हुमानेलाई विशेष  प्राथमिकतामा राखिएको जानकारी दिए । 

यसका साथै उनले सबै मन्त्रालयका सचिवहरूलाई पनि करार सम्झौताअनुरूप कार्यसम्पादन गर्न निर्देशन दिए । कार्यक्रममा आन्तरिक मामिला तथा योजनामन्त्री गङ्गानारायण श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, स्वास्थ्यमन्त्री, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, वन तथा वातावरणमन्त्री मसिना खड्का, स्वास्थ्यमन्त्री उत्तम जोशीसँग मुख्यमन्त्री जम्कट्टेलले सम्झौता गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्