
एसिया कप क्रिकेटमा नेपालविरुद्धको खेलमा पाकिस्तानका अर्का खेलाडी इफ्तिखार अहमदले पनि शतक प्रहार गरेका छन् । उनले ६७ बल खेल्दै शतक हानेका हुन् । यस क्रममा अहमदले चार छक्का र १० चौका प्रहार गरे ।
बत्तीस वर्षीय अहमदको १५औँ एकदिवसीय खेलमा पहिलो शतक हो । उनले एकदिवसीय खेलमा एक अद्र्धशतकसमेत प्रहार गरेका छन् ।
पाकिस्तानका लागि चार वटा मात्र टेष्ट प्रतियोगिता खेलेका अहमदले पाकिस्तानका लागि हालसम्म ४९ टी–२० प्रतियोगिता खेलेका छन् । यस क्रममा उनले चार अद्र्ध शतक प्रहार गरेका छन् ।