२७ जेठ २०८३, बुधबार

राष्ट्रसङ्घविरुद्धको प्रदर्शन रोक्ने प्रयास गर्दा कङ्गोमा झडप– कम्तीमा १० जना मारिए

भदौ १४, २०८०
काठमाडौं
राष्ट्रसङ्घविरुद्धको प्रदर्शन रोक्ने प्रयास गर्दा कङ्गोमा झडप– कम्तीमा १० जना मारिए

गोमा–प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी शहर गोमामा एक धार्मिक समूहले आयोजना गरेको संयुक्त राष्ट्रसङ्घविरुद्धको नियोजित  विरोधप्रदर्शन सैनिकहरूले  रोक्ने प्रयास गरेपछि भएको झडपमा कम्तीमा १० जनाको मृत्यु भएको छ  । 

प्रदर्शन आयोजना गर्ने समूहका सदस्य मोलेका मारेगानेले कङ्गोली सैनिकहरूले रेडियो स्टेशन र पूजास्थलमा छ जनाको हत्या गरेको बताएका छन् । अस्पतालका अधिकारीहरूले पनि ३३ जना घाइतेलाई भर्ना गरिएको तथा तीमध्ये तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन् । आक्रोशित भीडले एक जना प्रहरीलाई पनि मारेको सरकारी अधिकारीहरूले बताएका छन् । 

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सुव्यवस्था कायम गर्न सन् १९९९ देखि तैनाथ शान्ति सेना खनिजको भण्डार पूर्वी कङ्गोमा तैनाथ गरिएको छ । अतिवादीलाई ठेगान लगाउन नसकेकामा शान्ति सैन्य यहाँ निकै आलोचित छ । राष्ट्रसङ्घीय यो शान्ति मिशन  सबैभन्दा ठूलो र महँगो हो । यसको वार्षिक बजेट चार अर्ब अमेरिकी डलर छ । शान्ति मिशनमा १६ हजार सैनिक छन् । –रासस–

salt training

कमेन्ट गर्नुहोस्