
एकै दिन दुईवटा नेपाली चलचित्र रिलिज भएका छन् ।
जनै पूर्णिमा, रक्षा बन्धन एवं गाइजात्राको अवसर पारेर यससाता बिहीवार नै चलचित्र प्रदर्शनमा आएका हुन् । ति चलचित्र हुन् ‘ऐंचो पैंचो’ र ‘गणपति’ ।
कृषा चौलागाईंको निर्देशन रहेको ‘ऐंचो पैंचो’मा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, सुशील सिटौला, कोसिस क्षेत्री लगायतको अभिनय छ । यो फिल्म सामाजिक–राजनीतिक विषयमा केन्द्रित छ ।
त्यस्तै, सविन अधिकारीको निर्देशन रहेको ‘गणपति’मा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, प्रकाश घिमिरे, सूर्यमाला शर्मा, देवेन्द्र बब्लु लगायतको अभिनय छ ।
भगवानको रुपमा जन्मिएको व्यक्तिको कथामा यो फिल्म निर्माण गरिएको छ ।