०७ साउन २०८३, बिहीबार
नेपालको चुच्चे नक्सा गायब

नयाँ नक्सामा नेपाली भूमिलाई भारतीय बनाइदिएको भन्दै बालेन शाहले गरे चीन भ्रमण रद्द

भदौ १४, २०८०
काठमाडौं
नयाँ नक्सामा नेपाली भूमिलाई भारतीय बनाइदिएको भन्दै बालेन शाहले गरे चीन भ्रमण रद्द
फाइल फोटो

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीनले नेपाली भूमिलाई भारतमा देखाएर नक्सा जारी गरेको भन्दै आपत्ति जनाएका छन् ।

नेपाललाई नसोधी नेपालको भूमि भारतको भन्दै देखाएकोले चीनको ५ दिने भ्रमणसमेत स्थगित गरेको उनले जानकारी दिएका छन् ।

‘हामी नेपालीले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

चीनले जारी गरेको नक्सामा नेपालका कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारततिर देखाइएको छ ।

चीनले गत सोमवार नयाँ नक्सा जारी गरेको थियो । ‘स्टान्डर्ड म्याप’ नाम दिइएको उक्त नक्सामा चीनले ‘अक्साई चीन’ र अरुणाञ्चलको भागलाई समेटेको छ । जुन भूभागमाथि चीन र  भारतले दाबी गर्दै आएका छन्। नक्सामा साउथ चाइना सी र ताइवानलाई पनि चीनको हिस्सा उल्लेख गरिएको छ । 

नक्सा जारी भएपछि भारतमा हल्लीखल्ली मच्चिसकेको छ । यस्तै चीनले नेपालको नयाँ नक्सालाई समेत अस्वीकार गरेको पाइएको छ । चीनको जुन नक्सामा नेपालको चुच्चेनक्सा गायब छ ।

 

null

यस्तो छ चीनले जारी गरेको नक्सा

null

salt training

कमेन्ट गर्नुहोस्