०८ असार २०८३, सोमबार
समाजवादी मोर्चाको भेला

एमालेभित्र धाँजा परेको छ, जुनसुकै बेला विस्फोट हुने अवस्था छ– प्रचण्ड

भदौ १४, २०८०
काठमाडौं
एमालेभित्र धाँजा परेको छ, जुनसुकै बेला विस्फोट हुने अवस्था छ– प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र धाँजा परेको टिप्पणी गरेका छन् ।

नेतृत्व (अध्यक्ष केपी ओली)का कारण कार्यकर्ता हैरान भएर विस्फोट हुने अवस्था आएको उनले दाबी गरे ।

समाजवादी मोर्चाको कर्णाली प्रदेश भेलालाई बिहीवार सुर्खेतमा सम्बोधन गर्दै प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमालेभित्र तीव्र असन्तुष्टि बढेको बताएका हुन् ।

‘म अहिले नाम लिएर भन्दिनँ, आफूलाई ठूलो पार्टीको नेता भन्नेका कारण प्रतिपक्षभित्र यति ठूलो धाँजा परेको छ, नेताको विशाल पंक्ति र कार्यकर्ता हैरान/परेसान भएर भएर कहीँ न कहीँ विस्फोट हुने अवस्थामा पुगेको छ । त्यसबाट कम्युनिस्ट आन्दोलनको नयाँ धु्रवीकरण शुरू हुने मेरो विश्वास छ,’ प्रचण्डले भने । 

प्रधानमन्त्री प्रचण्डले जनता सडकमा आएकै कारण प्रतिनिधिसभा पुनःस्थापना सम्भव भएको बताए । 

‘देशलाई प्रतिगमनमा लैजान पटक–पटक सदन विघटन गरियो । हामी केही नेताले वक्तव्य दिएर रोकिनेवाला थिएन । जनता आन्दोलित भएपछि कसैले विघटनलाई साथ दिने अवस्था रहेछ,’ प्रचण्डले भने, ‘भ्रष्टाचारविरोधी यो अभियान, स्वाधिनताको अभियान जनताले मात्र रोक्न सक्छन् ।’

सरकारले गरेको राम्रो कामका कारण गठबन्धन र मोर्चा भत्काउन विरोधीहरू धुप हालेर लागिपरेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्