
सुनसरीमा महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका ९ का २७ वर्षीय कर्मराज परियार छन् ।
इटहरी उपमहानगरपालिका २ वशन्तटोल बस्ने ४४ वर्षीया यशोदा श्रेष्ठको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका १७ साउने बस्ने परियारलाई बुधवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लेनदेनको विषयलाई लिएर परियारले ती महिलालाई आफ्नै कोठमा लगेर हत्या गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट रेलवे धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।