३१ जेठ २०८३, आइतबार
२४ घण्टे सेवा शुभारम्भ

आजदेखि ‘हेलो सरकार’ २४सै घण्टा सञ्चालन, अब राति पनि गुनासो टिपाउन सकिने

भदौ १७, २०८०
काठमाडौं
आजदेखि ‘हेलो सरकार’ २४सै घण्टा सञ्चालन, अब राति पनि गुनासो टिपाउन सकिने

सर्वसाधारणको गुनासो सुन्न सरकारले शुरू गरेको ‘हेलो सरकार’ अब २४सै घण्टा सञ्चालन हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतवार सिंहदरबारमा हेलो सरकारको २४ घण्टे सेवाको शुभारम्भ गरेका हुन् । 

अब टेलिफोन र इन्टरनेटको माध्ययमबाट सर्वसाधारणले सरकारी सेवा प्रवाह सम्बन्धमा २४सै घण्टा गुनासो गर्न पाउने भएका छन् । 

प्रधानमन्त्री प्रचण्डले हेलो सरकारको कन्ट्रोल रुमको अवलोकन गरेका छन् ।

कार्यक्रममा प्रचण्डले सार्वजनिक निकायमा गुनासो सुन्ने संयन्त्र भए पनि जनताको मुहार उज्यालो गराउने गरी काम हुन नसकेको बताए ।

आफूले संसदमा समेत हेलो सरकारलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएअनुरुप सुस्ताए जस्तो देखिने संयन्त्रलाई प्रभावकारी बनाउन लागिएको उनले बताए ।

समारोहमा मुख्य सचिव बैकुण्ठ अर्यालले आएका गुनासो तत्काल सम्वोधन गर्नेगरी हेलो सरकारलाई प्रभावकारी बनाउने बताए । कर्मचारीलाई तीन सिफ्ट बनाएर काममा लगाइने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्