१० साउन २०८३, आइतबार

भ्रष्टाचारजन्य काण्डको छानबिनका लागि राप्रपाले दबाब बढाउने

भदौ १७, २०८०
काठमाडौं
भ्रष्टाचारजन्य काण्डको छानबिनका लागि राप्रपाले दबाब बढाउने
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुन तस्करीसहितका भ्रष्टाचारका काण्डमा संलग्नलाई छानबिनको दायरामा ल्याउन दबाबमूलक कार्यक्रम गर्ने भएको छ । सबै भ्रष्टाचार काण्डको छानबिनमा दबाब बढाउन राप्रपाले आगामी भदौ २७ गते विरोधसभा गर्न लागेको हो ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय पदाधिकारी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार राप्रपाले भदौ २७ गते बुधवार काठमाडौंमा वृहत् विरोधसभा गर्ने निर्णय गरेको छ ।

यस्तै, हिन्दुत्वको रक्षा एवं हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, विभिन्न भ्रष्टाचारमा संलग्न उच्च राजनैतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउनुपर्ने राप्रपाको माग छ ।

सुन तस्करी लगायतका भ्रष्टाचारका काण्डमा संलग्नको पूर्ण छानबिन गर्न, शिथिल अर्थतन्त्रले निम्त्याउन लागेको आर्थिक संकटमा सरकारको उदासीनता, बढ्दो बेरोजगारी, मूल्यवृद्धिजस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब सिर्जना गर्न राप्रपाले  र्‍यालीसहित सभा गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्