२६ असार २०८३, शुक्रबार

भारतले नेपालविरुद्ध उतार्‍यो पहिलो रोजाइको टीम, रोहितदेखि विराटसम्म समावेश

भदौ १८, २०८०
काठमाडौं
भारतले नेपालविरुद्ध उतार्‍यो पहिलो रोजाइको टीम, रोहितदेखि विराटसम्म समावेश

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालविरुद्धको खेलमा भारतले आफ्नो पहिलो रोजाइको टीमलाई मैदानमा उतारेको छ ।

छोरो जन्मिएपछि भारत फर्किएका जसप्रित बुमराहको स्थानमा मोहम्मद शमीलाई स्थान दिनुबाहेक पाकिस्तानविरुद्ध खेलेकै टीमलाई स्थान दिइएको हो ।

भारतीय टोलीमा रोहित शर्मा, शुभमन गिल, विराट कोहली, श्रेयश ऐय्यर, इशान किशान, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, मोहम्मद शमी र मोहम्मद सिराज छन् ।

नेपालले पनि टीममा एक परिवर्तन गरेको छ ।

पाकिस्तानविरुद्ध खेलेका आरिफ शेखलाई हटाएर भीम सार्कीलाई टीममा स्थान दिइएको हो ।

टीममा कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, सोमपाल कामी, गुल्सन झा, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी छन् ।

नेपाल र भारतले समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गरिरहेका छन् । भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारत र पाकिस्तानबीचको खेल वर्षाले अवरुद्ध भएको थियो ।

नेपाल र भारत शीर्ष स्तरमा भेट भएको यो पहिलोपटक हो ।

यो खेल जित्ने टोलीले अन्तिम ४ मा स्थान बनाउने छ भने हार्ने टीम समूह चरणबाटै घर फर्किने छ ।

वर्षाका कारण खेल पूरा हुन नसकेमा भारत अगाडि जानेछ । 

salt training

कमेन्ट गर्नुहोस्