काठमाडौं,३ असोज– म्यानमारको उत्तरी प्रान्त रखाइनमा रोहिंग्या मुसलमानमाथि भइरहेको दमनको संसारभर विरोध भइरहेको छ ।

रोहिंग्या मुसलमाथि भइरहेको दमनको विषयमा म्यानमारकी नेतृ आङसाङ सूकी मौन बसेको भन्दै उनीमाथि अन्तर्राष्ट्रिय रुपमै आलोचना भइरहेको छ ।
कतिले त उनले सन १९९९ मा पाएको शान्ति नोबल पुरस्कारको विषयलाई समेत लिएर टिकाटिप्पणी गरिरहेका छन् ।
रखाइन प्रान्तमा भइरहेको हिंसाका विषयमा सूकीले पहिलोपटक देशबासीको नाममा सम्बोधन गर्दै आफ्नो धारणा सार्वजनिक गरेकी छिन् ।
रखाइन प्रान्तमा २५ अगस्टमा रोहिंग्या संकट शुरु भएपछि सूकीले पहिलोपटक देशलाई सम्बोधन गर्दै सार्वजनिक रुपमा बोलेकी हुन् । उनले रोहिंग्या मुसलमानहरुसँग कुरा गर्न चाहेको बताएकी छिन् ।
रोहिंग्या मुसलमानहरु किन म्यानमार छोड्दै गइरहेका छन् भन्ने विषयमा सूकीले प्रश्न गरिन् ।
रोहिंग्या संकटलाई रोक्नको लागी उनको सरकारले पहल गरिरहेको भन्दै उनीविरुद्ध अन्तर्राष्ट्रिय रुपमा आलोचना भएकोमा आफूलाई कुनै डर, चिन्ता नभएको समेत बताएकी छिन् ।
रखाइनमा जारी हिंसाका कारण चारलाख भन्दा बढी रोहिंग्या मुसलमानहरु बंगलादेश पलायन भएका छन् । उनले भनिन् ‘ सबै मुसलमान रखाइन प्रान्त छोडेर गएका छैनन् ।’ ‘अब हिंसा रोकिएको छ’ उनले भनिन् ।
सूचीले आउने संयुक्त राष्ट्रसंघको महासभामा भाग नलिने भएका कारण देशबासीका नाममा यो वक्तब्य दिएको बताएकी छिन् ।
सूकीको भाषणमा भएका खास कुराहरुरखाइन हिंसामा जिम्मेवार रहेका व्यक्तिलाई कारवाही गरिने ।
रखाइनको मुस्लिम गाउँ अहिले पनि सुरक्षित रहेको । सबैजना पलायन भएका छैनन्, हामी अन्तर्राष्ट्रिय समुदायलाई यहाँ निमन्त्रणा गर्दछौं ।
रखाइनमा शान्ति स्थापनाको लागि सरकारले कोशिस गरिरहेको छ । हामीलाई थाहा छ यो किन भइरहेको छ । पलायन गर्न खोज्ने समुदायहरुसँग हामीसँग छलफलको लागि तयार गर्छौं ।
रखाइनमा जे भयो त्यसको लागि मलाई निकै दुःख लाग्दछ । र, मृत्यु भएकाप्रति समवेदना प्रकट गर्न चाहन्छु । म्यानमारमा मुस्लिम विषयलाई लिएर हामी निकै चिन्तित छौं ।
बीबिसी