२१ जेठ २०८३, बिहीबार

उद्यमीलाई सहयोग गर्न सरकार तयार छ : मन्त्री रिजाल

भदौ २०, २०८०
काठमाडौं
उद्यमीलाई सहयोग गर्न सरकार तयार छ : मन्त्री रिजाल

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्यमीलाई हरसम्भव उत्प्रेरित गर्दै सहयोग गर्न सरकार तत्पर रहेको बताएका छन् । 

साना तथा मझौला व्यवसायी महासङ्घ नेपालले ललितपुरमा आयोजना गरेको ‘महिला उद्यमी मेला’को आज उद्‌घाटन गर्दै मन्त्री रिजालले उद्यमीहरूको मेहनतका कारण मुलुक समृद्धितर्फ जाने बताए । उद्यमीलाई सहयोग गर्नु सरकारको पहिलो कर्तव्य भएको  उनको भनाइ थियो ।

“नयाँ योजना र विचारका साथ मुलुकलाई समृद्धिको दिशामा लैजानुपर्छ भन्नेमा सरकार प्रतिबद्ध छ”, मन्त्री रिजालले भने, “उद्यमीहरूको मेहनतका कारण मुलुक समृद्धितर्फ जाने भएकाले सरकार उद्यमीलाई हरसम्भव सहयोग गर्न तत्पर छ ।”

salt training

कमेन्ट गर्नुहोस्