२२ असार २०८३, सोमबार

पूर्वी युक्रेनको बजारमा रुसी आक्रमणः १६ जनाको मृत्यु

भदौ २०, २०८०
काठमाडौं
पूर्वी युक्रेनको बजारमा रुसी आक्रमणः १६ जनाको मृत्यु

बुधवार पूर्वी युक्रेनको एक बजारमा रुसी आक्रमणमा परी १६ व्यक्तिको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका छन् । यसको जानकारी युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नै दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

‘अहिले रुसी आतङ्ककारीको तोपखानाले डोनेट्स्क क्षेत्रको कोस्ट्यान्टीनिभका शहरमा १६ जनाको हत्या गरेको छ । आक्रमण व्यवसायिक स्थलमा पसलहरू खुलेको र सर्वसाधारण सामान खरिदका निम्ति बजारमा व्यस्त रहेको भएको आक्रमणमा अन्य धेरै व्यक्ति घाइते भएका छन्,’ जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रधानमन्त्री डेनिस श्मिगलले सेक्युरिटी क्यामेरा फुटेज पोस्ट गरेका छन् । छोटो भिडियोमा विस्फोटले कियोस्कको भीडलाई तितरभितर बनाएको र घटनापछि स्थानीय बासिन्दाहरू उद्धारका लागि दौडिरहेका देखिन्छ । 

मृत्यु हुनेमा एक बालक रहेको उनले बताए ।  

युक्रेनको गृह मन्त्रालय इगोर क्लाइमेन्कोले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आक्रमणमा परी २८ जना घाइते भएको जनाएको छ । 

कोस्ट्यानटाइनिभका पूर्वी औद्योगिक क्षेत्र डोनेट्स्कमा अनुमानित ७० हजार मानिसहरूको बसोबास भएको युद्धमा अग्रपङ्तीमा रहेको एक शहर हो । कोस्ट्यानटाइनिभका फेब्रुअरी २०२२ मा रूसले आक्रमण सुरु गरेदेखि युद्धको केन्द्र बिन्दु बनेको छ । 

सन् २०१४ देखि क्रेमलिन समर्थित पृथकतावादी समूहले डोन्टेट्स्कलाई आंशिक रूपमा नियन्त्रण गर्दै आएको छ र रूसले गत वर्षको अन्त्यतिर अन्य तीन जनासँग मिलेर यो क्षेत्र आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । –रासस 

salt training

कमेन्ट गर्नुहोस्