०६ साउन २०८३, बुधबार

पुनर्गठन र प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिँदै जसपा

भदौ २१, २०८०
काठमाडौं
पुनर्गठन र प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिँदै जसपा

जनता समाजवादी पार्टी (जसपा)ले पुनर्गठन र प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएको छ । 

ज्ञानबहादुर तामाङको अध्यक्षतामा ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । यसअघि मनबहादुर गुरुङको अध्यक्षतामा ३१ सदस्यीय तमुवान राष्ट्रिय समिति पुनर्गठन गरिएको थियो । 

राष्ट्रिय समितिले समिति पुनर्गठन गर्नुका साथै अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम पनि गर्न थालेको छ । सोहीअन्तर्गत शुक्रबार किरात राष्ट्रिय समितिले उदयपुरको बेलका नगरपालिकामा अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम गर्ने तयारी गरेको छ । 

पार्टीका सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राई, अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, राजकिशोर यादव, पर्शुराम बस्नेत, सुशीला श्रेष्ठलगायत नेताले अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम तय भएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।

salt training

कमेन्ट गर्नुहोस्