०२ साउन २०८३, शनिबार

एक अर्कालाई तानातान गर्ने राजनीतिक संस्कारले विकास हुन सकेन : उपप्रधानमन्त्री श्रेष्ठ

भदौ २१, २०८०
चितवन
एक अर्कालाई तानातान गर्ने राजनीतिक संस्कारले विकास हुन सकेन : उपप्रधानमन्त्री श्रेष्ठ
फाइल फोटो

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

चितवनका जनप्रतिनिधि र कर्मचारीसँग भएको छलफलमा उनले विकास निर्माणका विषयमा सबै दल एक भएर अघि बढ्नुको विकल्प नरहेको बताए । 

“एक अर्कालाई तानातान गर्ने राजनीतिक संस्कारले विकास हुन सकेन । हाम्रो देशपछि पर्नुको मुख्य कारण पनि यही हो”, उनले भने । राजनीतिक संस्कार परिवर्तन गरेर विकास निर्माणमा सहमतिका साथ अघि बढ्न जरुरी रहेको उनको भनाइ छ ।

उनले थपे, “यसो गर्न सके मुलुक स्वाधीन, सुन्दर, लोकतन्त्र र सम्बृिद्ध बनाउन सकिन्छ ।” स्थानीय तहदेखि केन्द्रीय तहसम्म विकासका लागि सबै दल एक ठाउँ हुन जरुरी रहेको उनको भनाइ छ । 

माडीवासीको समस्याप्रति आफू जानकार रहेको बताउँदै उनले निकुञ्जको बाटो कालोपत्र गर्ने विषयमा प्रधानमन्त्री र आफूले पटक–पटक छलफल गरी पहिलो प्राथमिकतामा राखेको बताए । 

सुकुम्बासी समस्या समाधानका लागि कानून संशोधन गरेर भए पनि अघि बढ्ने उनको प्रतिबद्धता छ ।

salt training

कमेन्ट गर्नुहोस्