०८ असार २०८३, सोमबार

प्रा डा केसी पुनः आन्दोलित

कात्तिक २०, २०७४
प्रा डा केसी पुनः आन्दोलित
काठमाडौँ, ३ असोज - त्रिविवि चिकित्सा अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले विगतमा आफूले उठान गरेमा माग सरकारले पूरा नगरेको जनाउँदै चार सूत्रीय माग राखी पुनः सत्याग्रह आन्दोलन गर्ने जनाउनुभएको छ ।

यही असोज २० गतेदेखि आन्दोलनका कार्यक्रम शुरु हुने उहाँद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ती मागमा माथेमा प्रतिवेदन र आफ्ना सुझावलाई समेत समावेश गरी चिकित्सा शिक्षा ऐन पारित गर्न, सरकारले निर्धारण गरेअनुसार नै काठमाडौँ विश्वविद्यालयले एमबिबिएसको शुल्क लिनुपर्ने, त्रिविवि पदाधिकारीलाई पदबाट बर्खास्त गर्नुपर्ने रहेका छन् ।

यसैगरी हालै बर्खास्त गरिएका नेपाल आयल निगमका कार्यकारी प्रमुख माथि छानबिन गरी हिनामिना गरिएको भए सो रकम उसुलउपर गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन तत्काल शुरु हुनुपर्ने, देशका विभिन्न भागमा मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाउनसमेत उहाँले माग गर्नुभएको छ ।

यसैबीच, डाक्टर्स एशोसिएसन अफ नेपालले चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक निर्माण गर्न मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोसाइटीका कामु महासचिव तोषिमा कार्कीद्वारा आज यहाँ जारी विज्ञप्तिमा सरकारको सो निर्णयलाई तत्काल फिर्ता लिन माग गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्