२५ जेठ २०८३, सोमबार

नेपाल टेलिकमको टिकटकमार्फत 'तीजको लहर'मा सहभागी बन्न सकिने, नगद पुरस्कार जितिने

भदौ २५, २०८०
काठमाडौं
नेपाल टेलिकमको टिकटकमार्फत 'तीजको लहर'मा सहभागी बन्न सकिने, नगद पुरस्कार जितिने

नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ । 

टेलिकमको तीजको लहर गीतमा टिकटक बनाइ यसमा सहभागी हुन सकिने प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । उक्त कार्यक्रम यही भदौ २४ देखि प्रारम्भ भएर असोज ७ सम्म चल्ने उनले बताए ।

विजेताहरूलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ । यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् । 

त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई ५०० रुपैयाँको टप अप प्रदान गरिने छ । 

नेपाली महिलाहरूको महान चाड तीजलाई रमणीय बनाइ नेपाल टेलिकमसँग जोडिनसमेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको प्रवक्ता अधिकारीको भनाइ छ । यसबाट तीज पर्व थप मनोरञ्जक बन्ने अपेक्षा लिइएको कम्पनीले जनाएको छ । 


                                                                        

salt training

कमेन्ट गर्नुहोस्