
एसिया कप क्रिकेटअन्तर्गत जारी खेलमा भारतले पाकिस्तानलाई ३५७ रनको विशाल लक्ष्य दिएको छ ।
विराट कोहली र केएल राहुलको अविजित रहँदै शतक हानेपछि भारतले उक्त विशाल लक्ष्य दिन सफल भएको हो ।
निर्धारित ५० ओभरमा भारतले मात्र २ विकेटको क्षतिमा ३५६ रन बनाएको हो ।
कोहलीले १२२ र राहुलले १११ रन बनाएका हुन् ।
त्यसअघि भारतीय कप्तान रोहित शर्मा र शुभमन गिलले अर्धशतक लगाएका थिए । शर्माले ४९ बलमा ५६ र गिलले ५२ बलमा ५८ रन बनाएर आउट भएका थिए । कोहलीले ९४ बल तथा १०६ बलको सामना गरेका थिए ।
पाकिस्तानका लागि शादब खान र शाहीन शाह अफ्रिदीले समान १–१ विकेट लिए ।
आइतवार भारतले टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको थियो ।
तर २४.१ ओभरमा २ विकेट गुमाएर १४७ रन बनाएको अवस्थामा पानी परेपछि खेल स्थगित भएको थियो । आज पुनः खेल सुचारू भएको हो ।
केहीबेरपछि पाकिस्तानले ब्याटिङ गर्नेछ ।