२७ जेठ २०८३, बुधबार

पूर्वसभामुख महराद्वारा नेम्वाङको निधनमा शोक वक्तव्य

भदौ २६, २०८०
काठमाडौं
पूर्वसभामुख महराद्वारा नेम्वाङको निधनमा शोक वक्तव्य

पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराले पूर्वसभामुख सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका छन् । 
महराले मंगलबार शोक वक्तव्य जारी गर्दै नेम्वाङको निधनले अत्यन्त मर्माहित भएको उल्लेख गरेका छन् । 

‘नेम्वाङको निधनले सिंगो नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनलाई अतुलनीय क्षति पुगेको छ’, महराले विज्ञप्तिमा भनेका छन्, ‘यस क्षणमा मुलुक परिवर्तनको आन्दोलन र संविधान निर्माणमा उहाँले खेल्नुभएको भूमिकाको उच्च प्रशंशा गर्दछु ।’

नेम्वाङको हृदयघातका कारण गएराति निधन भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्