![च्यासल पुगेर शीर्ष नेताहरूले दिए नेम्वाङलाई श्रद्धाञ्जली [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/nembang_death_main_2PzeEcgrKF.jpg)
आज निधन भएका एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत विभिन्न पार्टीका शीर्ष नेताहरू अहिले ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा पुगेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूले च्यासल पुगेर नेम्वाङलाई श्रद्धाञ्जली दिएका छन् ।
यसैयरी, राप्रपाका वरिष्ठ नेताहरू पशुपतिशमशेर राणा, डा प्रकाशचन्द्र लोहनी, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, कांग्रेस नेता रमेश लेखकलगायत नेता पनि च्यासल पुगेका छन् ।
संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको गएराति निधन भएको थियो ।
हेरौं तस्वीरमाः








