२१ असार २०८३, आइतबार

हुन्डाईको फेस्टिभ डिलाइटको बम्पर उपहार सार्वजनिक​

भदौ २७, २०८०
काठमाडौं
हुन्डाईको फेस्टिभ डिलाइटको बम्पर उपहार सार्वजनिक​

हुन्डाई नेपालले फेस्टिभ डिलाइट अन्तर्गतको बम्पर उपहार सार्वजनिक गरेको छ । भदौ २१ गते घोषणा गरिएको बम्पर उपहारको हुन्डाई एसयूभीलाई मंगलवार नाडा अटो शोको स्टल नम्बर बी–५ मा अर्थमन्त्री प्रकाशशरण महतले अनावरण गरेका हुन् ।​

हुन्डाई फेस्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाख रुपैयाँसम्मको आकर्षक छुट प्राप्त गर्न  सकिनेछ ।​

स्क्राच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

आफ्ना ग्राहकहरूको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ ।​

सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना छठ पर्वसम्म लागू हुने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्