२६ असार २०८३, शुक्रबार

काठमाडौं र ललितपुरका यी क्षेत्रमा आजदेखि तीन दिन विद्युत् सेवा अवरूद्ध हुने

भदौ २९, २०८०
काठमाडौं
काठमाडौं र ललितपुरका यी क्षेत्रमा आजदेखि तीन दिन विद्युत् सेवा अवरूद्ध हुने

काठमाडौं र ललितपुरका केही ठाउँमा आज (शुक्रबार)देखि विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले स्युचाटार-टेकु सबस्टेसनबाट तीन दिन 'सटडाउन' गर्न लागेकोले केही ठाउँमा विद्युत सेवा अवरुद्ध हुने भएको हो । 

टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू-स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको प्राधिकरणले जनाएको छ। 

त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिनसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।

त्यसैगरी ६६ केभी स्युचाटार-पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार-के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।

तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् प्रशारण प्रभावित हुने भएको छ।

६६ केभी  स्युचाटार-टेकु प्रसारण लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिन अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। 

यस्तो छ सूचना

null


 

salt training

कमेन्ट गर्नुहोस्