२० असार २०८३, शनिबार

रूपन्देहीको तिलोत्तमामा एक महिला मृत फेला, हत्या आरोपमा श्रीमान पक्राउ

भदौ ३०, २०८०
बुटवल
रूपन्देहीको तिलोत्तमामा एक महिला मृत फेला, हत्या आरोपमा श्रीमान पक्राउ

रूपन्देहीको तिलोत्तमामा एक महिला मृत फेला परेकी छन् । तिलोत्तमा-१ शंकरनगर बस्दै आएकी ४३ वर्षीया यमकला पन्थी मृत फेला परेकी हुन् ।

गुल्मीको धुर्कोट गाउँपालिका-४ स्थायी घर भई हाल रुपन्देहीको तिलोत्तमामा बस्दै आएकी यमकला भदौं २७ गते बिहान घर अगाडि मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

प्रहरीले पन्थीको हत्या आरोपमा उनका ४५ वर्षीय श्रीमान मुमराज पन्थीलाई नियन्त्रमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्