काठमाडौं, २४ मंसिर — केही दिनअघि अमिताभ बच्चनकी बुहारी ऐश्वर्या रायले आत्महत्याको प्रयास गरेको भन्ने झुटो खबर सामाजिक सञ्जालमा भाइरल भयो । यसका बारेमा अमिताभसँग कुरा गर्दा उनले टिप्पणी गर्न चाहेनन् ।

अमिताभ हालै हिमेश रेशममियाको एल्बम ये है मौसिकीको रिलिज कार्यक्रममा उपस्थित थिए । त्यतिखेरै पत्रकारले उनलाई यो प्रश्न गरेका थिए ।
प्रश्न सुनेपछि उनी सिधा हेरिरहे अनि मुस्कुराउँदै कमेन्ट गर्न इन्कार गरे ।
कार्यक्रममा हिमेशको एल्बमको अमिताभले जमेर तारिफ गरे ।
दैनिक भास्कर