३१ असार २०८३, बुधबार

नेपालमा ६८ प्रतिशतले चलाउँछन् फोरजी

भदौ ३१, २०८०
काठमाडौं
नेपालमा ६८ प्रतिशतले चलाउँछन् फोरजी

सेवाप्रदायकले फोरजी विस्तारलाई प्राथमिकतामा राख्दा  यसका  प्रयोगकर्ताको  सङ्ख्या  उल्लेख्य  वृद्धि भएको छ । अर्कोतिर पुरानो बन्दै गरेको थ्रिजी प्रयोगकर्ताको सङ्ख्या भने घट्दै गएको देखिन्छ । 

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार फोरजी प्रयोग गर्नेको सङ्ख्या दुई करोडनजिक पुगेको छ । प्राधिकरणको  पछिल्लो  तथ्याङ्क  अनुसार  एक  करोड ९७ लाख ८१ हजार ४८९ जनाले फोरजी प्रयोग गर्ने पाइएको हो । यो कुल जनसङ्ख्याको करिब ६८ प्रतिशत  हुन  आउँछ  ।  कुल  फोरजी  प्रयोगकर्तामध्ये  नेपाल  टेलिकमको  फोरजी  प्रयोग  गर्नेको  सङ्ख्या  एक  करोड  २६  लाख  ८०  हजार  रहेको  छ  ।  त्यस्तै  एनसेलका  फोरजी  प्रयोगकर्ताको  सङ्ख्या  ७१  लाख  रहेको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्