०८ साउन २०८३, शुक्रबार

एसिया कप फाइनल : ४ ओभरमै श्रीलंकाको आधा टीम पेबेलियनमा

भदौ ३१, २०८०
काठमाडौं
एसिया कप फाइनल : ४ ओभरमै श्रीलंकाको आधा टीम पेबेलियनमा

एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा भारतविरुद्ध श्रीलंकाको पारी धर्मराएको छ ।

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको श्रीलंकाले ४ ओभरभित्रै ५ विकेट गुमाएको छ ।

चौथो ओभरमा मात्र मोहम्मद सिराजले ४ विकेट लिएका छन् । पहिलो ओभरमा जसप्रित बुम्राहले १ विकेट लिएका थिए ।

यो समाचार तयार पार्दासम्म ४ ओभरमा श्रीलंकाले ५ विकेट गुमाएर १२ रन जोडेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्