
इसेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिएको छ ।
डिजिटल माध्यमबाट रेमिटेन्स भित्र्याएर देशलाई समुन्नत बनाउनका लागि अभियानलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।
स्क्वायर होटल पुल्चोकमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले अभियानअन्तर्गत फेरि काठमाडौंमा घर जित्ने योजना सार्वजनिक गरेको हो ।
विगतमा इसेवा मनी ट्रान्सफर र इसेवाबीच भएको सम्झौतासँगै यो अभियान शुरू भएको थियो ।
यस वर्षको अभियान २०८० असोज १ गतेदेखि २०८१ असार मसान्तसम्म जारी रहने कम्पनीले जनाएको छ ।
परम्परागत शैलीमा हुँदै आएको रेमिटेन्स कारोबारलाई डिजिटलतर्फ लैजाने अभिप्रायका साथ अभियान सञ्चालन गरिएको हो ।
डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन, देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितीलाई थप मजबुत बनाउनका लागि १० महिने योजना सार्वजनिक गरिएको कम्पनीको भनाइ छ ।
अभियानअन्तर्गत संसारका कुनै पनि मुलुकबाट नेपालमा इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सकिनेछ ।
यस अभियानमा ४ परिवारलाई विशेष कोसेली, हरेक महिना १ जनालाई पैसा डबल, तथा बम्पर उपहारमा १ जनालाई काठमाडौंमा घर प्रदान गरिने कम्पनीले जनाएको छ ।