असोज १२, २०८०
पूर्व अरनिको यातायात प्रा.लि.ले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । महानगरलाई विपक्षी बनाएर पूर्व अरनिको यातायात प्रा.ल...
विराटनगर | असोज १, २०८०
नेकपा (एमाले)ले कोशी प्रदेशमा सरकार टिकाउनका लागि आफैँबाट अलग भएको दल नेकपा (एकीकृत समाजवादी)को साथ खोजेको छ । सत्ता संकटमा परेपछि मुख्यमन्त्री हिक्मत कार्कीले एकीकृत समाजवादीको साथ खोजेका हुन् । मुख्यमन्त्री कार्कीले एमालेका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री शेरधन राईमार्फत छलफल अघि बढाएका छन् ।
आइतवार धरानको एक होटलमा शेरधन र एकीकृत समाजवादीका सचिव तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले छलफल गरेका छन् । शेरधनकै आग्रहमा दुई घण्टा छलफल भएको राजेन्द्रले बताए ।
‘मध्यावधिमा नजानका लागि अहिलेको सरकारलाई समर्थन गर्न शेरधनजीले आग्रह गर्नुभयो,’ राजेन्द्रले लोकान्तरसँग भने ‘उहाँले आलो-पालोको पनि प्रस्ताव राख्नुभयो । मैले अहिलेको सरकारलाई समर्थन गर्न नसक्ने प्रस्टसँग भनेँ । यसपछि बन्ने सरकारका विषयमा छलफल गर्न सकिन्छ पनि भनेको छु । ’
संविधानको धारा १६८ (३) अन्तर्गत सबैभन्दा ठूलो दलको हैसियतमा कार्की मुख्यमन्त्री बनेका छन् । कार्कीले विश्वासको मत प्राप्त गर्न नसके धारा ५ अनुसार सरकार बन्छ । भेटमा १६८ को ५ अन्तर्गत बन्ने सरकारमा पनि एमालेलाई पहिलो पालो विश्वास गर्न नसक्ने राजेन्द्रले बताएको उनी निकट नेताले बताए ।
एकीकृत समाजवादीले भने अहिले कै सरकारलाई नसघाउने बताउँदै आएको छ । राजेन्द्रले छलफल सकारात्मक भए पनि कुनै निष्कर्ष ननिस्किएको स्पष्ट पारे ।
दुवै पूर्वमुख्यमन्त्री भोजपुरकै हुन् । उनीहरूबीच लामो समयदेखि बोलचाल नै बन्द थियो । २०७७ पुसदेखि उनीहरूबीच बोलचाल नै नभएको बताइएको छ । तत्कालीन प्रदेश १ का मुख्यमन्त्री रहेका शेरधनलाई अविश्वासको प्रस्ताव ल्याउन राजेन्द्रले प्रमुख भूमिका खेलेका थिए । त्यसपछि उनीहरूबीच संवादसमेत नभएको नेताहरूले बताएका छन् । राजेन्द्र एमालेमा हुँदा पनि शेरधनको कडा आलोचक थिए ।
शेरधनले पनि राजेन्द्रसँग छलफल भएको बताएका छन् । प्रदेशको निकास दिने विषयमा दुई नेताबीच छलफल भएको उनले बताए । ‘यो सरकारले विश्वासको मत नपाउँदा प्रदेशमा अफ्ठयारो परिस्थिति बन्न सक्छ के तपाईँ मध्यावधिमा जान तयार हुनु भएको हो ? भनेर मैले सोधेको थिएँ,’ शेरधनले भने ‘उहाँले पनि छलफल गर्न सकिन्छ भन्नुभयो ।’
दुई नेताबीच प्रदेशलाई स्थायित्व दिने विषयमा छलफल भएको जानकारी दिँदै शेरधनले भने, ‘हामी एकै जिल्लाका दुईजना भएपनि लामो समयदेखि छलफल भएको थिएन, आज भयो ।’
पूर्व अरनिको यातायात प्रा.लि.ले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । महानगरलाई विपक्षी बनाएर पूर्व अरनिको यातायात प्रा.ल...
नेकपा (एमाले) बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । बिहान साढे ११ बजे शुरू हुने भनिएको मतदान साढे १ बजे शुरू भएको हो । यसअघि आजै बिहान ८ बजेदेखि शुरू हुने भनिएको...
नेकपा (एमाले) बाग्मती प्रदेश अधिवेशन पाँच दिनदेखि जारी छ । नेतृत्व चयनका लागि सहमति हुन नसकेपछि केही बेरमा निर्वाचन हुने तयारी छ । अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल चुनावी मैदानमा छन् ।...
नेकपा (एमाले) बाग्मती प्रदेश अधिवेशन पाँच दिनदेखि जारी छ । नेतृत्व चयनका लागि सहमति हुन नसकेपछि केही बेरमा निर्वाचन हुने तयारी छ । अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल चुनावी ...
प्यानल बनाए उम्मेदवारी नै खारेज गर्ने अध्यक्ष केपी शर्मा ओलीको चेतावनीबीच एमाले बागमती प्रदेश कमिटीमा प्यानलगत प्रतिस्पर्धा देखिएको छ । सहमति जुटाउने भन्दै चार दिनसम्म अड्काए पनि अध्यक्षका उम्मेदवारद्वय कृष्णप्रसाद...
नेकपा (एमाले) बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अझै मतदान शुरू हुन सकेको छैन । बिहान साढे ११ बजे शुरू हुने भनिएको मतदान साढे १ बज्दासमेत शुरू हुन सकेको छैन । यसअघि आजै बिहान ८ बज...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...