०८ साउन २०८३, शुक्रबार

असोज ६ देखि रातको समयमा नौबिसे–मलेखु सडक बन्द रहने

असोज १, २०८०
काठमाडौं
असोज ६ देखि रातको समयमा नौबिसे–मलेखु सडक बन्द रहने

 आगामी असोज ६ देखि २० गतेसम्म पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु सडक बन्द रहने भएको छ । उक्त सडक खण्डको विस्तार तथा निर्माण कार्यलाई सहजीकरण गर्न राति ११ बजेदेखि बिहान ३ बजेसम्म सडक  बन्द गर्नेगरी निर्णय भएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । 

सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरूको बैठकको निर्णयानुसार  सडक खण्डको किमि १७ (खयरघारी) र किमि ३३ (पोखरे खोला नजिक) स्वीकृत डिजाइन अनुसार सडक चौडा गर्नुपर्ने र  निर्माणको समयमा आवागमन गर्दा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै रातका समयमा सडक नै बन्द गरिने भएको हो । 

सो अवधिमा एम्बुलेन्स र सुरक्षा निकायको सवारी साधनलाई भने सहजीकरण गरिनेछ ।  प्रशासनले पूर्वतर्फ काठमाडौँ तर्फबाट आउने सवारी साधन रोकिने स्थान थाक्रे गाउँपालिका वडा नम्बर १ को एक्लेफाँट र पश्चिमतर्फ मुग्लिङतर्फबाट आउने सवारी साधन रोकिने स्थान गजुरी गाउँपालिका वडा नम्बर ५ को घाटवेशी पुललाई तोकेको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्