असोज ११, २०८०
संयुक्त राज्य अमेरिकाले सैन्य शासित अफ्रिकी राष्ट्र गाबोनलाई सहयोग नगर्ने घोषणा गरेको छ । बाडेन प्रशासनले मंगलवार गाबोनलाई सबै किसिमका मानवीय सहायता निलम्बन गरिएको घोषणा गरेको हो । नाइजरपछि मानवीयल...
काठमाडाैं | असोज १, २०८०
नेपालीले अष्ट्रेलियामा सञ्चालन गरेको डिजिटल मार्केटिङ कम्पनी उत्कृष्टमा पर्न सफल भएको छ । अष्ट्रेलिया बस्ने नेपालीमूलका यूवाले सञ्चालनमा ल्याएको कम्पनी ‘डिजिटल एल्गोरिदम’ २०२३ अन्तर्गत सिड्नीको स्थानीय व्यवसायलाई दिइने सम्मानका लागि उत्कृष्टमा परेको हो । सिड्नीको माउण्ट ड्रुइट सेन्ट मेरिज क्षेत्रमा रहेको डिजिटल मार्केटिङ कम्पनी आफ्नै क्षेत्रमा रहेका नयाँ व्यवसायहरूमध्येबाट छानिएर उत्कृष्टहरूमा परेको हो ।
‘डिजिटल एल्गोरिदम’ले अष्ट्रेलियामा वेब डिजाइनिङ, वेब डेभलपमेन्ट, सर्च इन्जिन अप्टिमाइजेसन, ब्रान्डिङका साथै सम्पूर्ण डिजिटल मार्केटिङको काम गर्दछ । गत वर्षदेखि सञ्चालनमा आएको कम्पनीले अष्ट्रेलियामा बिजनेस, माइग्रेसन, त्यहाँको अध्ययन, करिअर विकास लगायतका क्षेत्रमा १० भन्दा बढी अनलाइन मिडिया सञ्चालन गरिरहेको बिजनेस डेभलपमेन्ट म्यानेजर मदनमणि अधिकारीले बताए ।
‘डिजिटल एल्गोरिदम’ले सिड्नीमा १५ हजारभन्दा बढी साना व्यवसायी तथा ट्रेडी (सीप व्यवसायी)लाई बजार, व्यवसाय प्रबर्द्धन, ब्रान्डिङ लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको उनको भनाइ छ ।
साथै कम्पनीले नेपाली समुदायका व्यवसायीका लागि सुपथ र सुलभ रूपमा डिजिटल सेवाहरू प्रदान गर्ने जनाएको छ ।
नेपालमा पनि सेवा विस्तार
‘डिजिटल एल्गोरिदम’ले छिट्टै नेपालमा पनि नेपाली व्यवसायी तथा अन्तर्राष्ट्रिय बजारमा आफ्ना सेवा पुर्याउन चाहनेहरूलाई सहयोगी हुने गरेर सेवा विस्तारको योजना बनाएको बिजनेस डेभलोपमेन्ट म्यानेज अधिकारीले बताए ।
उनले नेपालबाट नेपाली व्यवसायीले पाउन नसक्ने खालका ‘पेमेन्ट’ लगायतका समस्या हटाउने गरेर सेवा सञ्चालनको योजना रहेको उल्लेख गरे । अष्ट्रेलिया बस्ने नेपाली मार्केटर, सफ्टवेयर इन्जिनियरहरूले सञ्चालन गरेको कम्पनीले अहिले नेपालमा आउटसोर्सिङको माध्यमबाट रोजगारीको सिर्जना गरिरहेको छ ।
संयुक्त राज्य अमेरिकाले सैन्य शासित अफ्रिकी राष्ट्र गाबोनलाई सहयोग नगर्ने घोषणा गरेको छ । बाडेन प्रशासनले मंगलवार गाबोनलाई सबै किसिमका मानवीय सहायता निलम्बन गरिएको घोषणा गरेको हो । नाइजरपछि मानवीयल...
कोलम्बो– श्रीलङ्काले कठिन तर अति आवश्यक सुधारहरू कार्यान्वयन गर्ने दिशामा प्रशंसनीय प्रगति गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बुधवार जनाएको छ । श्रीलङ्काका सुधारहरू कार्यान्वयन गर्ने दिशामा गर...
पाकिस्तानको एक टीभीको राजनीतिक संवाद कार्यक्रममा दुई पार्टीका नेताबीच कुटाकुट भएको छ । पूर्वप्रधानमन्त्रीद्वय इमरान खान अध्यक्ष रहेको तेहरिक–ए–इन्साफ (पीटीआई) र शहवाज शरिफ नेतृत्वको पाकिस्तानी मुस्...
न्युयोर्क– भारतले शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती दिँदै त्यससम्बन्धमा क्यानाडासँग जानकारी मागेको छ । साथै नयाँ दिल्लीले हरदीपसिंह निज्जर हत्यासम्बन्धमा क्य...
युरोपेली सङ्घ (इयु)ले युक्रेनका शरणार्थीलाई इयु मुलुकमा सन् २०२५ को मार्चसम्म बस्न पाउने अधिकार सुनिश्चित गरेको छ । आफ्नो देशविरुद्ध रुसले आक्रमण गरेपछि पलायन भएका उनीहरूलाई सदस्य मुलुकमा आवासको अधिकार दि...
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११औँ महाधिवेशनका लागि पुनःअध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् । उनले आज यहाँ पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेकी हुन्...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...