११ साउन २०८३, सोमबार

काठमाडौंमा सुनको सिक्री लुटपाट गर्ने ४ जना पक्राउ

असोज २, २०८०
काठमाडौं
काठमाडौंमा सुनको सिक्री लुटपाट गर्ने ४ जना पक्राउ
फाइल फोटो

महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा बागबजार घर भइ सीतापाइला बस्ने ४४ वर्षीय सुरज गुरुङ, पर्सा वीरगन्ज घर भइ हाल क्षेत्रपाटी बस्ने ४८ वर्षीय अनवर हुसेन अन्सारी छन् । 

साथै अन्य दुई जना भारतीय नागरिकहरू पश्चिम बङ्गालका ४७ वर्षीय शक्ति भौमिक र महाराष्ट्र राज्य सोलापुरका ३० वर्षीय सचिन गाड्वे रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार गत भदौ २५ गते उनीहरूले कुलेश्वर आवास क्षेत्र नजिकै सडक किनाराबाट पैदल हिँडिरहेकी काभ्रे पाँचखालकी अफ्सरा श्रेष्ठको घाँटीमा लगाई राखेको अन्दाजी दुई तोलाको लकेटसहितको सिक्री लुटपाट गरेका थिए ।

अनुसन्धानका क्रममा काठमाडौं महानगरपालिका–२८ बागबजार घर भई हाल सीतापाइला बस्ने ४४ वर्षी सुरज गुरुङ समेतका मानिसहरूको संलग्नता रहेको भन्ने खुल्न आएपछि निजहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । 

पक्राउ परेकाहरूलाई लुटपाट गरी लगेको सुन तथा प्रमाण लाग्ने अन्य दसीका सामानहरूसहित थप अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्