३१ असार २०८३, बुधबार

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

असोज ४, २०८०
काठमाडौं
तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज (बिहीबार) देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। 

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । 

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। 

salt training

कमेन्ट गर्नुहोस्