२३ जेठ २०८३, शनिबार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

असोज ४, २०८०
काठमाडौं
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (बिहीबार)देखि बस्दैछ । यसअघि २ असोजका लागि तय भएको बैठक आजदेखि पार्टी कार्यालय सानेपामा शुरू हुन लागेको हो । 

बैठकमा समसामयिक राजनीति, आन्तरिक पार्टी संरचनालगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । 

बस्ने बैठकमा पार्टीबाट सरकारका सहभागी मन्त्रीले गरेका काम/कारबाहीबारे समीक्षा हुनेछ । त्यस्तै मंसिर १३ गतेदेखि काठमाडौंमा हुने महासमिति बैठकमा छलफल हुने एजेन्डाबारे पनि छलफल हुनेछ ।

यसअघि कांग्रेसको केन्द्रीय समिति बैठकले दुई/दुई महिनामा नियमित बस्ने तालिका अनुसार नै बैठक बोलाइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्