०९ साउन २०८३, शनिबार

एनईपीएसको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

असोज ५, २०८०
काठमाडौं
एनईपीएसको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (एनईपीएस)को अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त भएका छन् ।​

न्यौपाने माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत हुन् । उनी यसअघि माछापुच्छ्रे बैंककै तर्फबाट सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए ।​

नवनियुक्त अध्यक्ष न्यौपानेले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहणसमेत गरेका छन् ।

विगत १९ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध भई हाल उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका छन् ।

साथै उनीसँग बैंकिङ्ग क्षेत्रमा २५ वर्षभन्दा बढी समय काम गरेको अनुभव छ ।

salt training

कमेन्ट गर्नुहोस्