०२ साउन २०८३, शनिबार
सहमति कार्यान्वयन गर्न एमालेको ताकेता

सुन तस्करी छानबिन आयोग गठन गर्ने पूर्वसहमति कार्यान्वयनको माग गर्दै एमाले नेताहरू सिंहदरबारमा

असोज ५, २०८०
काठमाडौं
सुन तस्करी छानबिन आयोग गठन गर्ने पूर्वसहमति कार्यान्वयनको माग गर्दै एमाले नेताहरू सिंहदरबारमा

सत्तारुढ दलसँग यसअघि भएको सहमतिअनुसार सुन तस्करी सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै नेकपा (एमाले)का नेताहरू सिंहदरबार पुगेका छन् । एमाले नेताहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आजै आयोग गठन गर्न दबाब दिएका छन् । 

एमाले सचेतक महेश बर्तौलाले आज जसरी पनि आयोग घोषणा गर्नुपर्ने माग गरे । ‘प्रमुख दलका शीर्ष नेताबीचमा भएको सहमतिअनुसार आजै आयोग गठन गर्नुपर्छ, नभए विश्वासघात भएको ठान्छौं,’ बर्तौलाले भने । सरकारी पक्षले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्केपछि आयोग गठन गर्न सकिने बताएको छ । 

गृहमन्त्रीको टोली शिक्षकसँगको वार्तामा रहेकाले फेरि केहीबेरमा बस्ने सहमति भएको बर्तौलाले बताए । 

एमाले उपाध्यक्ष विष्णु पौडेल र सचेतक बर्तौला सिंहदरबार पुगेका थिए ।

एमालेले जारी राखेको संसद् अवरोध हटाउने क्रममा गत भदौ ६ गते दलहरूबीच आयोग गठन गर्ने सहमति भएको थियो । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीर्आइबी)ले आफ्नो प्रतिवेदन बुझाइसकेपछि असोज ५ गते आयोग गठन गर्ने गरी भदौ ६ गते सहमति भएको थियो । प्रधानमन्त्री प्रचण्ड तथा प्रमुख दलका शीर्ष नेताहरूको उपस्थितिमा दलका सचेतकहरूले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । 

यस्तो थियो सहमति पत्र: 

null

salt training

कमेन्ट गर्नुहोस्