२३ जेठ २०८३, शनिबार
सरकार र शिक्षकबीच वार्ता

सरकार र शिक्षक महासंघबीच भएको सहमतिमा छैन राहत शिक्षकका प्रतिनिधिको हस्ताक्षर

असोज ५, २०८०
काठमाडौं
सरकार र शिक्षक महासंघबीच भएको सहमतिमा छैन राहत शिक्षकका प्रतिनिधिको हस्ताक्षर

सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रवार ६ बुँदे सहमति भएसँगै शिक्षकहरूको आन्दोलन सकिएको घोषणा भयो । । सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रवार साँझ अबेरसम्म भएको वार्तामा ६ बुँदे सहमति भएको हो । 

सहमति पत्रमा भएको शिक्षक संगठनका प्रायः सबै प्रतिनिधिको हस्ताक्षर देखिएको छ । तर त्यसमा राहत शिक्षक संघका तर्फबाट भने कुनै प्रतिनिधिको हस्ताक्षर भएको पाइएन ।

यसअघि सरकार र शिक्षक महासंघबीच ७ बुँदे सहमति भएको थियो । त्यसमा राहत शिक्षक संघका केन्द्रीय अध्यक्ष खेल अधिकारीलगायतले असहमति जनाएपछि पुनः वार्ता भएको थियो । पछि फेरि ६ बुँदे सहमति भयो ।

सो वार्तामा राहतका शिक्षकका प्रतिनिधि नभएको बताइएको छ । लोकान्तरले राहत शिक्षक संघका अध्यक्ष अधिकारीलाई सम्पर्क गर्न खोज्दा उनको फोन स्विचअफ थियो । अधिकारीले सहमतिमा असन्तुष्टि जनाएको अन्य राहत शिक्षकहरूको भनाइ छ ।

६ बुँदे सहमति पत्रमा सरकारको तर्फबाट शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी तथा शिक्षक महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधरले हस्ताक्षर गरेका थिए ।

सरकारको तर्फबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वार्ताको नेत्तृत्व गरेका थिए । 

null

salt training

कमेन्ट गर्नुहोस्