टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बजारमा कमर्सियल भेहिकलतर्फ नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । टाटा मोटर्सले नेपाली बजारमा नयाँ ‘एस इभी’ सार्वजनिक गरेको हो ।
एस इभी एक उन्नत र रिभोलुसनरी चार पांग्रे कमर्सियल गाडी भएको कम्पनीले जनाएको छ । शून्य उत्सर्जनसहितको एस इभी विद्युतीय सवारी साधनको समाधान भएको विज्ञहरू बताउँछन् ।
नेपाली बजारमा एस इभी सार्वजनिक भएसँगै यसले विश्व बजारमा पर्यावरणमैत्री यातायातलाई पुनः परिभाषित गरेको छ । हाल विश्वबजार सवारीसाधन क्षेत्रलाई विद्युतीकरण गर्नुपर्छ भन्ने नाराका साथ लागिरहेको समय नेपाली बजारमा कर्मसियल तर्फ एस इभी सार्वजनिक हुनु आफँैमा पनि क्रान्तिकारी मान्न सकिने सरोकारवालाहरू बताउँछन् ।
सार्वजनिक भएको एस इभीको पहिलो ब्याच ग्राहकहरूलाई डेलिभरसमेत भइसकेको छ । वातावरणीय रुपमा सचेत कम्पनीहरूका लागि एस इभी एक पर्यावरण–मैत्री मोबिलिटीको समाधान हो ।
टाटाको एस इभी सार्वजनिक गर्दै टाटा मोटर्सका मोटर्स कमर्सियल भेहिकल बिजनेसका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख अनुराग मेहरोत्राले भने, ‘एस इभी सार्वजनिक हुनु भनेको नेपालमा शून्य उत्सर्जन कार्गो मोबिलिटी प्रदान गर्ने हाम्रो लक्ष्यमा कोशेढुंगा सावित भएको छ ।’
उनले सिप्रदी ट्रेडिङ प्रालिको बिक्री र सेवा विशेषज्ञता र दशकौंदेखि उनीहरूको समर्पित सहयोगका साथ, विद्युतीय कमर्सियल भेहिकलले नेपालमा व्यवसायको नेट–शून्य लक्ष्यहरू पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरे । एस इभीलाई इन्ट्रा–सिटी (शहरभित्र) कार्गो यातायातका आवश्यकताहरू परिपूर्ति गर्न डिजाइन र इन्जिनियर गरिएको छ । यसले कार्बन–न्युट्रल भविष्यतर्फ केन्द्रित र सचेत सबै सरोकारवालाहरूलाई उच्च मूल्य प्रस्ताव प्रदान गर्नेछ ।
अन्तर्राष्ट्रिय प्रमुख मेहरोत्राले नेपालमा एस इभीको शुभारम्भले स्वच्छ ऊर्जा तर्फ देशको प्रगतिलाई थप पूरक हुनेसमेत बताए ।
एस इभी सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ एसजेबी राणाले पनि बजारमा यस प्रकारको उन्नत र वातावारण–मैत्री चार पांग्रे कमर्सियल गाडी सार्वजनिक गर्न पाएकोमा खुशी व्यक्त गरे ।
उनले एस इभीले देशको दिगो भविष्यको लागि सिप्रदी ट्रेडिङको साझा दृष्टिकोणलाई मूर्त रुप दिनेसमेत अध्यक्ष राणाले बताए । ‘यो उल्लेखनीय गाडीले सफा, दिगो र हरित नेपाल बनाउन ठूलो योगदान पु¥याउनेमा हामी विश्वस्त छौं,’ उनले भने ।
नयाँ एस इभीले ई–कार्गो गतिशीलताको लागि समग्र समाधान प्रदान गर्नेमा कम्पनी सकारात्मक छ । यसका निर्माण सोही ढंगमा गरिएको छ भने इकोसिस्टम पनि सोही तरिकाले समर्थित रहेको छ । यो विद्युतीय एसमा विभिन्न नवीन विशेषतासँगै रियल–टाइम भेहिकल ट्र्याकिङजस्ता विशेषता पनि दिइएको छ । कम्पनीले गाडी बिक्रीपछिको सेवालाई पनि प्राथमिकतामा राखेको जनाएको छ ।
चार पांग्रे सवारी साधनतर्फ नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय जगतमै उत्कृष्ट प्रदर्शनी गरिरहेको टाटा मोटर्सले प्यासेन्जर भेहिकलसँगै व्यावसायिक सवारीसाधन (कमर्सियल भेहिकल) उत्पादन एवम् बिक्रीतर्फ नयाँ आयाम थपिरहेको छ ।
कम्पनीले दीगो आवतजावत प्रणाली (सस्टेनेबल मोबिलिटी)लाई प्रवर्द्धन गर्न विभिन्न योजना तथा कार्यक्रमहरू गर्दै आएको छ ।